Marley And Me

Marley And Me Marley And Me

Crank:Lumbini

Crank:High Voltage Crank:High Voltage

WATCHMEN - The Movie

WATCHMEN - The Movie WATCHMEN - The Movie

Bedtime Stories

Bedtime Stories Bedtime Stories
Latest News

NEW RAMESH @ NAGARIK DAILY

Posted by ramesh on Sunday, September 6, 2009 , under | comments (0)




ha ha ha

बाध्यताको बालश्रम

Posted by ramesh on Wednesday, July 15, 2009 , under | comments (3)



आफ्नै उमेरकी साथीहरु चिटिक्क परेर स्कुल गएको उनी दिनहु देख्छिन । काठमाडौंको एक होटलमा काम गर्ने सानी नानी बिमला रसाइलीको दिन भने होटलमा जुठा भाँडा माझ्दै बित्छ । त्यसबापत न त उनलाई होटलका साहुले पैसा नै दिन्छन्, न त न्यानो माया नै । कमल जायसवालको दैनिकी पनि बिमलाको भन्दा कम्ती कष्टपर्ूण्ा छैन । फरक यत्ती मात्र हो बिमला होटलमा भाँडा माझ्ने काम गर्छिन, कमल राजधानीका गाडीमा खलासी बनेर हिँड्छन् । के गर्नु त्यसो नगरे त उनको छाकै र्टर्दैन ।

यस्तो दैनिकी बिमला र कमलको मात्र होइन । तथ्यन्क अनुसार १८ लाख बालबालिका अहीले देशका बिभिन्न ठाउँमा मजदुरी गरी रहेका छन । ति मध्य १ लाख २७ हजार बालबालिका निकृष्ट प्रकारको स्रममा छन । युएनडीपि, शेभ द चिल्ड्रेन ,अैएलवोले प्रकाशन गरेका प्रतिबेदनहरुले यही भन्छ।
निकृष्ट प्रकारका बालस्रम हुने क्षेत्रमा बालभरिया, सडक बालक , बालबधुवा बालश्रम , घरेलु बाल मजधुर , इटा कारखानामा काम गर्ने बालबालिका कोइला तथा अन्य खानीमा काम गर्ने बालबालिका पर्छन। यसलाई नेपाल सरकारले पनि स्विकार गरिसकेको छ । स्रममा लागेका बालबालिकाले अत्यन्त न्यन ज्यला पाउछन । ज्यलानै नपाउने बालबालिकाको सख्या पनि ठुलै छ ,यस्तै कामा लागेकी एक बालिका आफ्नो नाम भन्न डराइन । नाम खुलाय साहुले गाजिर बाट निकल्ने डर छ उनीलाई । उनी राजाधनी कि होटेल मजदुर हुन । दिन भर थाकेर काम गर्दा पनि साहुले राम्रो ब्यवहाँर नगर्ने उनी बताउछिन । "त्यसै खाएर बसिस् भन्दै गालीमात्र गरिरहन्छ ।"-उनी भन्छिन ।
गौउमा खानलाउनकै समस्या भएपछी उनले जन्मथलो जुम्ला छोड्नु पर्‍यो । राजनीतिक पार्टीका एक कार्यकर्ताले काम लगाइदिने र पढाउने भन्दै उनलाई काठमाण्डौँ ल्याएका थिए रे। पढ्ने कुरा त अहिले एकादेशको कथा बनिसक्यो । उनी भन्छिन "खान पनि राम्ररीकमललको त घर भनेपनी, आगन भनेपनी काम गर्ने गाडी नै हो रे। दिनभर् उनि त्त्यही गाडी हिडछन , राती त्यही गाडीमा सुत्छन । एकाबिहानै देखि रातीसम्म खलासी काम गर्छन् । त्यसक्रममा उनले धरै सास्ती खेप्नु पर्छ । "साँझपख खाना ख्वाएर २० रुपयामात्र साहुले दिन्छन् " उनी दुखेसो पोख्छन् । अझ जाडोमा त एक सरो कपडा पनि नपाउने उनको गुनासो

आखिर किन उनीहरु घर छाडेर काम गर्न शहर पस्सन् त - उत्तर एउटामात्र भए पो भन्नु । कोही खान लाउनकै समस्याले बालश्रम गर्न बिवश छन् । कोही त घरबार चलाउनुपर्ने जिम्मेवारीले बालश्रम गर्न बिवश छन् । रुकुमबाट काठमाण्डौँ छिरेका जीवन डाँगीका बाबु शसस्त्र द्वन्द्वताका मारिएपछी उनीमात्र घरको जिम्मेवारी लिने मान्छे परे । र पढ्दै गरको कक्षा ७ छाडेर उनी काठमाण्डौँ आएका छन् । पैसा बचे पो घर पठाउनु, त्यै पनि एक दर्ुइ महिलनामा १ हजार घर पठाउँछु । उनी अहिले सफा ट्याम्फ्ूमा भाडा उठाउने काम गर्छन् ।

कती त बाटोमा आमाबुवाको उपचार गर्नुपर्‍यो भन्दै पैसा उठाउने गरेको भन्दै हिँड्ने गरेको एक अध्ययनले जनायो । अझ आजकल त बालश्रमिकको सङख्या पनि ह्वात्तै बढ्नाले बालश्रमिकहरु मध्ये नै कसले सबभन्दा कममा काम गर्ने भन्ने प्रतिसपर्धा हुन्छ । दिनभर खलासी बनेको १५ रुपायाँ आश गर्दा पनि मलाई सहुले मानेन । अर्कोले दिनभरकै १० रुपायाँमा काम गर्छर्ुुनेको रहेछ । अझ कतिले त खानबस्न पाउनु नै सबथोक सम्भिmन्छन् । बालश्रमिकहरु ग्ुानासो पोख्छन् । लामो यात्रा गर्दा हामी प्रायः देखिरहेकै हुन्छौँ केटाकेटीहरु प्ाानी, मकै, बिस्कुट बेच्दै हिँड्छन् । करिस्मा मगर पनि बुटवल बसपार्कमा मकै बेच्न थालेको बर्षदन नागिसक्यो । अझ सडकमै सुत्ने केटीहरुलाई त बिभिन्न रोगले सताउने गरेकोे पाइन्छ । केटीहरु त सुरक्षाका दृष्टिले पनि जोखिममा छन् । काठमाण्डौँका फोहोरका थुप्रोमा फलाम र प्लास्टीक बटुल्दै दिँड्ने हरिश ढकाल साथीहरुको लहलहीमै लागेर रामेछापबाट काठमाण्डौँ आए । अहिले गाँजा चुरोट खाने कुलतका शिकार बनेका छन् उनी । अझ सबैभन्दा नराम्रो त प्लाटीकमा गम सुग्ने गरेका छन् । थाह छ - त्यस्तो गर्नाले त सानैमा क्यान्सर रोगका शिकार हुने गरेका छन् उनीहरु । बालश्रमिकलाई त शनिवारजस्स्तो बिदा पनि मिल्दैन । बालश्रमिकहरुलाई हर्ेन भनेर धेरै संघसँस्था पनि नखुलेका होइनन् । तर उनीहरु एकपटक सडकमा आइसकेपछी अन्त जानै खोज्दैनन् । त्यसैले उनीहरुलाई सडकबाट उद्दार गर्नुभन्दा उनीहरुलाई आफ्नै परिवेशमा रमाउन बालमैत्री अवस्था सिर्जना गर्नुपर्नेमा बालअधिकारकर्मीहरु जोड दिन्छन् ।

बालस्रमबारे नेपाल

बालअधिकारबारे बनेको हालसम्मकै सबैभन्दा ठूलो कानुन भनेको बालअधिकार सम्बन्धी महासन्धी नै हो । हालसम्म अमेरिका र सोमालियाले बाहेक बिश्वका सबै देशले यसमा र्समथन जनाइसकेका छन् । यसका सदस्यका हैसियतले नेपालले पनि धेरै प्रयासहरु गरेको छ । अझ बालअधिकार सम्बन्धी दशबर्षो राष्ट्रिय कार्ययोजन ाबनेपनी त्यसको कार्यान्योन पक्ष निकै फितलो देखिन्छ । हरेक जिल्लामा बनेका जिल्ला बालकल्याण समितिले उल्लेखनिय काम गर्न सकेका छैनन् । बालअधिकार सम्बन्धी ऐन र नीयमावली पनि बनिसक्यो । सबैका लागि शिक्षा कार्यक्रमका लागि बालश्रम एउटा ठूलो समस्या बनेको छ । अझ त्यसमाथी पनि बालश्रम उन्मूलन गर्न बिश्व श्रम संगठनले तयार पारेको बालश्रम बिरुद्धको दस्तावेजमा नेपालले समेत हस्ताक्षर जनाइसक्यो । तर पनि नेपालमा २६ लाख बालश्रमिक रहेको एक तथ्याङकले जनाउँछ कुलमध्ये आधा भन्दा बढी त केटीहरु नै छन् । ९ लाखले बिनापैसा काम गर्छन् ।

published in NAGARIK DAINIK (JUNKIRI) date: 27 asar 2066

बिहे नगर्ने तर संगे बस्ने

Posted by ramesh on Tuesday, June 23, 2009 , under | comments (0)



जीवन र कला




रमेश न्यौपाने

पत्रकार निर्मल थापा र श्रृष्टि श्रेष्ठ सँगै बस् न थालेको दुई वर्ष कट्यो । औपचारकि रूपमा विवाह गरेका छैनन् उनीहरूले । तर, श्रीमान्-श्रीमतीजस् तै सहज र उदार जीवनशैलीमा छन् । भन्छन्, "सँगै बस् न विवाह गर्नैपर्छ भन्ने छैन ।"
ज्ञिानकुञ्ज श्रेष्ठ र सुशीला तामाङको जोडी पनि निर्मल र श्रृष्टिकै जस् तो हो, जो अध्ययनका लागि नुवाकोटको गाउँले परविशबाट काठमाडौँ झरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसका यी विद्यार्थी अहिले बिनाविवाह दाम्पत्य जीवन बिताइरहेका छन् । मिानव अधिकारकर्मी नूतन थपलिया पनि लामो समयदेखि 'लिभिङ् टुगेदर'को अभ्यास गर्नेमध्येका एक हुन् । तर, उनी सम्बन्धको आधार प्रस् ट हुनुपर्नेमा जोड दिन्छन् ।

बिनाविवाह वयस् क जोडीहरू एकसाथ बस् न थालेका प्रतिनिधि उदाहरणहरू हुन् यी । खासगरी काठमाडौँ उपत्यकामा छ्याप्छ्याप्ती देख्न सकिने यस् ता जोडीहरू सार्वजनिक हुने सवालमा पनि निडर हुन थालेका छन् । नेपाली संस् कृति, परम्परा र कानुनी हिसाबबाट भने यसलाई वैध सम्बन्ध मानिँदैन । पश्चिमी समाजमा विवाह नगरी सँगै बसेर छोराछोरीसमेत हुर्काउने चलन नयाँ होइन । सायद तन्नेरीहरू यसैको सिको गर्न थालेका छन् । यस् तो चलनले पछिल्लो पुस् तालाई आकषिर्त गररिहेको पनि छ ।
तस् िबर हेरेकै भरमा अथवा अभिभावकले चाहैकै आधारमा विवाह गर्ने नेपाली समाजको परम्परा अव्यावहारकि मान्नेहरू खुलमखुला रूपमा देखिन थालेको उदाहरण पनि हुन् लिभिङ् टुगेदरको अभ्यास गर्नेहरू । मागीको साटो प्रेमविवाह एवं विवाहका अन्य स् वरूपको वकालत गर्नेहरू भेट्न टाढा जानु पर्दैन । कतिपय समाजशास् त्रीहरू नेपाली समाज यतिबेला परम्परा र आधुनिकताको दोसाँधमा उभिएको बताउँछन् । उनीहरूका मतमा परविर्तनका संकेतहरू देखिँदैछन्, चेतना विकास वा जीवनशैलीका नाममा । उनीहरू नेपाली समाज उत्तरआधुनिक बन्दै गएको तर्क गर्छन् । भर्खरै एउटा अभूतपूर्व राजनीतिक परविर्तनलाई आत्मसात् गरेको यो समाज सामाजिक र सांस् कृतिक आयामका हिसाबले पनि गति लिइरहेको छ । समाजले विचार र चेतनाको बहुलता स् वीकार्दै गर्दा पुराना मान्यता र प्रचलनहरू धराशयी हँुदै गएका छन् । यौन र विवाहले पनि नयाँ आयाम ग्रहण गर्दैछ । खास गरेर काठमाडौँमा हुर्कंदो 'लिभिङ् टुगेदर कल्चर'लेे यसकै पुष्टि गर्छ ।
विवाहको परम्परागत सोच कमजोर हुँदै जाँदा यौनको परभिाषा पनि स् वतः फराकिलो र उदार बन्दै गएको छ । समाजशास् त्री सुरेश ढकाल यसलाई पुँजीवादउन्मुख समाज परविर्तन भन्छन् । उनको विचारमा यो समाज फराकिलो बन्दै गएको मात्र होइन, व्यापक आयाममा खुल्न थालेको पनि हो । भन्छन्, "विवाहको सामन्तवादी मूल्य र मान्यता भत्केर नयाँ प्रवृत्ति देखिन थालेको हो ।"
सहरमा परविारबाट टाढा र स् वतन्त्र वातावरण हुने भएकाले पनि उमेर पुगेका केटाकेटीबीच लिभिङ् टुगेदर कल्चर फस् टाएको हो । यसमा मनमौजी जीवनको आकर्षण पनि जोडिएको छ । हुन पनि विवाह नगरी सँगै बस् नेमा धेरैजसो उपत्यकाबाहिरबाट आएका युवाहरू नै छन् । परविारबाट टाढा रहेका उनीहरू मन मिलेपछि सँगै बस् न थालेका हुन् । यसमा पनि आर्थिक रूपमा घर-परविारप्रतिको निर्भरता हट्दै जाँदा युवाहरू यतापट्ट िबढी आकषिर्त भएका छन् । ज्ञानकुञ्ज र सुशीलाको जोडी यसको उदाहरण हो ।
विवाह नगरी सँगै बस् ने केटाकेटीहरूमा अधिकांश घर-परविारबाट टाढा रहेका र पैत्रिक सम्पत्तिमा निर्भर नभएकाहरू भेटिन्छन् । त्यसकारण यो चलन आर्थिक स् वतन्त्रता र उत्पादन प्रणालीसँग पनि जोडिएको छ । त्यसो त परम्परागत संस् कृति कमजोर हुँदै जाँदा त्यसको ठाउँ नयाँ संस् कारले लिन्छ नै ।




आर्थिक रूपमा स् वतन्त्र भएपछि व्यक्तिले आफूखुसीको जीवनशैली खोज्न थाल्छ ।
खासगरी अस् ट्रेलिया, युरोप र अमेरकिा पढ्न जाने नेपाली विद्यार्थीहरूले लिभिङ् कल्चरलाई निकै अघिबाट अँगालिसकेका छन् । उता भएकामध्ये अधिकांश नेपाली केटाकेटी सँगै बसिरहेको कुरा उनीहरूसँगको कुराकानीमा खुल्न आउँछ । जस् तो- यतिबेला नेपाल आएका आगत बस् नेत दुई वर्षदेखि अस् टे्रलियामा एक नेपाली चेलीसँगै जीवन गुजाररिहेका छन् । उनका अनुसार त्यहाँ लिभिङ् टुगेदर रहर र बाध्यता दुवै हो । भन्छन्, "सायद नेपाली समाजले यही सुनेर पनि लिभिङ् टुगेदर कल्चर सिकेको हो ।"
यसलाई स् वच्छन्द जीवनशैली अपनाएका सेलिबि्रटीहरूले पनि विस् तार गररिहेको पाइन्छ । त्यसो त जुनसुकै प्रभावले होस्, नेपाली समाजमा यस् तो जीवनशैलीले पारविारकि सम्बन्धलाई भने सन्तुलित बनाउन सकेको छैन । ज्ञानकुञ्ज र सुशीलाको परविारले उनीहरूको सम्बन्धलाई कत्ति पनि सहज मानेको छैन । तर, निर्मल भने आफूहरूको सम्बन्धबाट परविार बेखुसी नरहेको दाबी गर्छन् । उनका अनुसार सृष्टिसँगको गहिरो प्रेम, संगत र साझा दृष्टिकोण परविारले पनि बुझेको छ । त्यसो त उनी यसलाई विवाहकै सुरुवात मान्छन् । तर, सबैको हकमा भने यो लागू हँुदैन ।
निर्मलका अनुसार आफूले जे विकास गर्‍यो, त्यही नै संस् कार हुन्छ । त्यसकारण फराकिलो दृष्टिकोण राख्दा लिभिङ् टुगेदर संस् कृति गलत हुन्छ भन्ने छैन । विवाह नहुँदै सँगै बसेको चाहिँ समाजले पचाएको छैन भन्ने कुरा उनलाई राम्रैसँग थाहा छ । यद्यपि, नयाँ पुस् ताले भने यसलाई सहजै स् वीकार गरेको जस् तो उनलाई लाग्छ । भन्छन्, "तर, यसलाई सहज मान्नेहरूको संख्या बढ्दैछ किनभने नयाँ पुस् ता संकुचित छैन ।" नूतन थपलियाका अनुसार चाहिँ सबै सम्बन्धलाई कानुनले मात्र जोगाएर राख्छ भन्ने छैन । तर, सम्बन्धको आधारचाहिँ प्रस् िटनु पर्छ ।
लिभिङ् टुगेदर संस् कृतिको एउटा तथ्य के हो भने यसमा कानुनी, सामाजिक, धार्मिक बन्धन हुँदैन, जसले गर्दा यस् तो सम्बन्ध जति छिटो बन्छ, उत्तिकै चाँडो भत्कन पनि सक्छ । काठमाडौँमा पनि कति मानिस यस् ता छन्, जो यस् तो सम्बन्ध बिग्रेपछि अर्को विवाह गरेर बसेका छन् । कतिपयको भने जीवन बिल्लीबाँठसमेत भएको देख्न सकिन्छ । सामाजिक संस् कार, संरचना र कानुनका कारण यस् तो सम्बन्धमा पुरुषभन्दा महिला धेरै समस् यामा परेका छन् ।
भिन्न कोठा, भान्सा र अन्य खर्चका मुहानमा ५० प्रतिशतसम्म मितव्ययी बन्न सकिने सँगै बस् दाको एउटा आकर्षण हो । मन मिल्ने मित्रको प्राप्ति अर्को कारण मान्न सकिन्छ । यौनको सवालमा गुम्सिएर बस् नु नपर्ने तेस्रो तथा मूल कारण हो । यति भएर पनि कानुनी रूपमा मुक्त हुन पाउनु अल्लारे सोच नै सही कम मजा होइन । सँगै बसिरहेका जोडी यी आकर्षणलाई आत्मसात् गर्छन् । विवाहलाई बन्धन मान्ने सवालमा उनीहरू पूर्ण सहमत छन् ।
चरत्रिको कसी के हो ? यौन । वास् तवमा यौनको सवालमा समाज अझै संकुचित र परम्परावादी छ । त्यसैले चरत्रिको पहिलो जाँच यौनको लेखाजोखाबाट गरन्िछ र गरँिदै आइएको छ । लिभिङ् टुगेदरमा रमाउनेहरू पनि यो सवालमा डराउँछन् । त्यसैको प्रमाण हो, आफूले बाँच्दै आएको जीवनलाई सुतुरमुर्ग शैलीमा छोप्न खोज्नु ।
ढिलै भए पनि सम्बन्धलाई विवाहमा परण्िात गर्नु वा छुट्टएिर बस् नु, लिभिङ् टुगेदरका पात्रहरूले यी मध्येकै एउटा बाटो हिँड्नु अनिवार्यजस् तै छ अहिलेलाई । भेटिएकाहरूको निष्कर्ष पनि यस् तै नै छ । यसका नकारात्मक पक्ष पनि धेरै छन् । तर, उनीहरू त्यस् ता विषयहरूमा प्रवेश चाहँदैनन् । किन पनि भने उनीहरू त्यो सत्यबोधबाट टाढा छैनन् ।

नेपाल साप्ताहिकमा प्रकाशित date: asar 07, 2066

हाम्रो देश नेपाल

Posted by ramesh on Thursday, June 18, 2009 , under | comments (0)




सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो।

निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुँदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम ब्यबस्थापिका सन्सदले पहिले नै घोशणा गरिसकेकोसंघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भएको हो।

हृाम्रो छुट्टी गाउँको लागि

Posted by ramesh on Sunday, June 14, 2009 , under | comments (0)



बीदाहरु धेरैले धेरै तरिकाले मनाउँछन् । कोही परिवारसँग घुम्न जान्छन् । कोही घरमै बसेर टिभी हर्ेर्दै, पढ्दै रमाउँछन् । कोहीले त घरका काममा आमाबुवालाई सहयोग पनि पुर्याउँछन् होला । तर नवलपरासी जिल्लाको निकै उच्च भागमा रहेको दर्ुगम गाउँ रुचाङ्गका बालबालिकाहरुले भने गाउँका ब्रि्रीएका बाटोघाटो बनाउँदै, स्कुल नजाने बालबालिकालाई बिहान-साँझ पढाउँदै र गाउँमा सरसफाई सम्बन्धी जनचेतना मूलक काम गरेर बिदाको सदुपयोग गर्ने गरेका छन् । अझ लामो बिदामा गाउँ बाहिरबाट राम्रा स्कुलमा पढेर आएकाहरुले गाउँकै बिद्यालयमै गएर कोर्सका साथसाथै हाल देशभित्र र बाहिर भइरहेका घटनाहरुबारे पनि जानकारी गराउँछन् ।


यसपटकको जाडोबिदामा जनचेतना बाल समूह, आमडाँडा, रुचाङ्गका बालबालिकाहरुले गएको बषर्ामा पहिरो र आकासे पानीले बिगारेको गाउँको बाटो राम्रो बनाए । "ठूलाबढाले खाली कुरामात्र गरे, त्यसैले हामी आफै बाटो बनाउन तम्सियौँ ।"- क्लबका सदस्य देउराज रानाले भने । उनी लुम्बिनी मावि कावासोतीमा पढ्छन् । "गाउँ जाँदा केही राम्रो काम गर्न पाए निकै रमाइलो हुँदो रहेछ ।" उनले भने । उनीहरुले रुचाङ्ग-६ को आमडाँडा देखि मौलाथर हुँदै राहुदीसम्म पुग्ने झण्डै ३ किलोमिटरको ब्रि्रीएको बाटो बनाए । ५ दिन लगाएर उनीहरुले यो काम सकेका हुन् । सबैले आ-आफ्ना घरबाटै कुटो-कोदालो र हसिँया लिएर काम गर्न पुगेका थिए । त्यसैगरी गाउँकै आवतजावत बढी हुने ससाना गोरेटो एवं घोडेटो वरपरका बाक्ला झाङ्गहरु प्ानि हटाएर बाटोलाई राम्रो र सुरक्षित बनाए । उनीहरु ब्ााल समूहबाटै निर्ण्र्ाागरेर जम्माजम्मी २५ जना थिए । ठूलाहरुले खन्ने र सानाहरुले माटो फ्याक्ने गरी कामको भागबण्डा उनीहरुले बाल समूहको बैठकबाटै गरेका हुन् ।

त्यसैगरी रुचाङ्ग-९, आर्बिनका बालबालिकाहरु त बिदाको समयमा स्कुल नगएका बालबालिकालाई बिद्यालय पुर्याउन नजाने घरहरु पुगेर बिद्यलाय जान भन्दै आग्रह गर्छन् । केटाकेटीले भनेको नर्टर्ेेन कि भनेर उनीहरु ब्ााल समूहका बालबालिकाको साथै बिदामा गाउँमा आउने गाउँकै नाम चलेका र सबैले मान्ने गरेका ब्यक्तिलाई पनि साथै लैजान्छन् । "गाउँमा जाँदा सबै बालबालिकासँगै घरघर पुगेर पढाइको महत्व बुझाई पढ्न आग्रह गरेपछी धेरैले मानेका उदहारण प्रशस्तै छन् ।"- गाउँबाट सबैभन्दा धेरै पढ्ने मध्येका एक एवँ रेडियो नेपालका नवलपरासी रिपोर्टर के बी रानाले भने । "बिभिन्न दलित एवँ बिपन्न वर्गका बालबालिकाले पाउने छात्रावृत्ति रकम र कक्षा ८ सम्म सरकारले निःशुल्क पढाइदिने कुरा त उनीहरुलाई थाह नै रहेनछ ।"-रानाले थपे । अझ शिवशक्ति बाल क्लबकै बालबालिकाहरुले शुरुवात गरेको विहानी कक्षा अहिले बिद्यालयमा परिणत भएको छ । समुदी सतहदेखि ३४०७ मिटर उचाइमा रहेको रुचाङ्गको दशरथ डाँडामा ३ बर्षअघि बाल क्लबका अघुवा सदस्यहरुले स्कुल जान नसक्ने ससाना बालबालिकाहरुलाई विहानमा पढाउने कार्यको थालनी गरेका थिए । "यहाँबाट नजिकको प्राथमिक बिद्यालय जान पहाडको कठिन बाटो घन्टौं लगाएर जानुपथ्र्यो । जुन कुरा ससाना भाइबहिनीहरुलाई असम्भव हुने हुँदा हामीले बिहानी कक्षा संचालन गरेका थियौ ।"-क्लबका सदस्य रन बहादुर सारुले बताए । १७ घर मगर परिवार रहेको उक्त बस्तीमा शुरुमा ३६ बालबालिकाहरु प्ाढ्नबाट बंचित थिए । अहिले बिद्यालय बनेपछी दशरथ डाँडाका ५० भन्दा बढी बालबालिकाले पढ्ने अवसर पाएका छन् । "अहिले उक्त बिद्यालय त्यहाँकै बालकल्याण प्राबिको शाखाको रुपमा रही कक्षा ४ सम्म पर्ढाई हुन्छ । " भीमबहादुर थापाले बताए ।

त्यसैगरी रुचाङ्गकै बडा नँ ४ मा नमूना बाल समूहले त्यहाँका दलित बिद्यार्थीहरुलाई बिहान बेलुका चौतारमा पढाउने काम गर्यो । अझ उनीहरुलाई त रुचाङ्ग गाबिसले आर्थिक सहयोग पनि गर्यो । "जसले गर्दा उनीहरुलाई कपी कलम किनिदिनुका साथै बिद्यालय भर्ना गराउने काम सम्म गरियो ।"- अध्यक्ष तोप बहादुर रानाले भने । अझ यस वडाबाट यस पटक पहिलोचोटी नियमिततर्फएसएलसीमा ज्ञानीसरा रकिमले पास गरेपछी छोरीलाई पनि पढाए केही गर्न सक्छन् भन्ने शिक्षा मिलेको छ । उनी पनि अहिलेको बिदामा त्यहाँकै प्राथमिक बिद्यालयमा पढाइन् । त्यसका साथै गाउँमा सफा एवँ स्वच्छ वातावरण बनाउन घरनजिकै पाल्ने बुंगुरको गोठलाई पर सार्ने काम पनि तिनै बालक्लबले गरे । "त्यसो गर्न बुढाहरुलाई मनाउन त निकै सास्ती पर्यो, तर चौतारमा ठूलाबडा, मान्यजन एवँ बालबालिकाको भेला गराएर त्यसो गर्नुको फाइदा बताएपछी अन्ततः उनीहरु हृाम्रै कुरामा सहमत भए ।"- झवीलाल चुहानले भने ।

नागरिक दैनिकमा प्रकाशित रिपोर्ट date; 23 jestha 2066

साप्ताहिक मा मेरो लेख

Posted by ramesh on Friday, June 5, 2009 , under | comments (0)



what's sex appeal

Posted by ramesh on Tuesday, May 12, 2009 , under | comments (0)






(my last article from kathmandu post)

RAMKALEE RAMESH

The lawn of the college was a perfect place for our serious discussions. We sitting in a circle of guys and girls cracking jokes. Suddenly the topic entered “the personality of our Prime Minister Prachanda”. Binita ice breaked about his sex appeal. We laughed and Khimu said “sex appeal at the age of 60s ha ha ha….” but I was seriously thinking his personality.

A few months ago I was invited by some very venerable, very spiritual older women to join a “group”—a sort of theological, scriptural study thing that met once a week to discuss a spiritual text chosen by the group. The reasons why I was asked to join this group is unclear, considering (a) I can’t really keep secrets about anything I do (b) My family isn’t exactly what you would call “in good standing” with the other members of our ward right now. Still, my mother tells me that the group is quite exclusive, and that my invitation was an unprecedented honor. So I was in very serious mind. But my seriousness was flied away when I saw a girl there. I don’t know anything about her but I was attracted. I talked with a person nearby me about her. But he told me that she is a prostitute. I was shocked but this wouldn’t make any effects on my attraction over her. When I expressed him my feelings, he said “due to her sex appeal”. Now I realized this topic was worth a discussion. “What is sex appeal? How can a person have a good sex appeal?” I murmured.

When we see someone that is very social and strangely seductive, maybe they are not good looking, but they have something that makes we feel attracted and jealous of them. Yeah, that's sex appeal. That much-desired special something that makes heads turn and hearts throb. That certain aura that emanates so strongly from a man that a woman gets weak-kneed, and that sensual femaleness that can make a guy forget his prior commitments is all what we call sex appeal.
Psychiatrists agree that being beautiful doesn't guarantee sex appeal, which, they say, is actually a reflection of a person's inner confidence and positive feeling about himself or herself. Attraction to others is more than just a beautiful face and fine physique. The person who doesn't feel lovable or good enough doesn't project sex appeal. It's important that you feel good about yourself, and if you do, others will be attracted to you. You will have sex appeal.
Whatever it is that makes a women uniquely herself--is indeed the first erogenous zone. A man is intrigued and challenged by a woman who is an interesting person in her own right, whose personality has enough depth to provide that essential ingredient for any successful relationship between men and women--the masculine need for meaningful conquest. The woman who relies on the appeal of physical conquest alone finds that this appeal is very short-lived. Health, vanity, happiness and a "dash of imperfection" all combine to enhance a woman's sex appeal.
Some tips to enhance the sex appeal
Confidence is the most important. It can give you the necessary presence, charm, charisma and sex appeal you want. Being confident in yourself, not only in your looks, but also in your own person, is always important. When you like yourself and you are sure that your qualities are cool, then you will be able to let them be noticed and don't hide them. Tell yourself that you're beautiful and think of why people should like you for you. Attractiveness is not just about physical qualities. Charisma, magnetism and confidence are far more attractive than a stereotypically *beautiful* person with a nasty attitude
Meet new people for fun! Look at strangers and make eye contact with them and smile easily. Greet them. It will give you more confidence, besides; doing it is a way of connection that will make it easier to get to meet people. Don't force yourself to appear sexy or something, just have a good time and also don’t hide your natural sex appeal.
Always keep a positive attitude and smile. Sexy people usually smile often. Don't take things too seriously, try to smile easily and laugh more often. Even if you don't feel your best, try to think of positive things more often.
Stand tall and be observant if you find someone that may have been glancing your direction, walk over and start a conversation. *The best line to use is "Hi my name is (state your name clearly and confidently) and how are you?" Try to be true to others. Don't try to be someone you're not..
Keeping your eyes halfway open is very sexy. This does not mean that looking as if you're on drugs or tired, but keeping them slightly less that completely open, relaxed. This gives off the message that "there's something good I'm hiding" and a little mysterious, which guys love. Then, when you're actually talking to someone, open your eyes wide.
It is good to look quite nice; it can really make you feel better about yourself. Try to try something new, like a new haircut or new wardrobe. Do something new on your looks, but you have to feel beautiful and find yourself pretty.
Being shy won’t help you. it will hurt you. If you want to meet new people, it's easy when you make the first move. Go up to them and have a talk, but be enthusiastic and real, and please, wipe off all your awkwardness and insecurities, and express yourself freely.
It is important to know what is hot and what's not. Remember, fashion is about wearing only what flatters you, since then you will feel comfortable and act more naturally.
Don't take things too seriously, try to smile easily and laugh more often. Even if you don't feel your best, try to think of positive things more often.