बिहे नगर्ने तर संगे बस्ने
जीवन र कला
रमेश न्यौपाने

पत्रकार निर्मल थापा र श्रृष्टि श्रेष्ठ सँगै बस् न थालेको दुई वर्ष कट्यो । औपचारकि रूपमा विवाह गरेका छैनन् उनीहरूले । तर, श्रीमान्-श्रीमतीजस् तै सहज र उदार जीवनशैलीमा छन् । भन्छन्, "सँगै बस् न विवाह गर्नैपर्छ भन्ने छैन ।"
ज्ञिानकुञ्ज श्रेष्ठ र सुशीला तामाङको जोडी पनि निर्मल र श्रृष्टिकै जस् तो हो, जो अध्ययनका लागि नुवाकोटको गाउँले परविशबाट काठमाडौँ झरेका थिए । रत्नराज्य लक्ष्मी क्याम्पसका यी विद्यार्थी अहिले बिनाविवाह दाम्पत्य जीवन बिताइरहेका छन् । मिानव अधिकारकर्मी नूतन थपलिया पनि लामो समयदेखि 'लिभिङ् टुगेदर'को अभ्यास गर्नेमध्येका एक हुन् । तर, उनी सम्बन्धको आधार प्रस् ट हुनुपर्नेमा जोड दिन्छन् ।
बिनाविवाह वयस् क जोडीहरू एकसाथ बस् न थालेका प्रतिनिधि उदाहरणहरू हुन् यी । खासगरी काठमाडौँ उपत्यकामा छ्याप्छ्याप्ती देख्न सकिने यस् ता जोडीहरू सार्वजनिक हुने सवालमा पनि निडर हुन थालेका छन् । नेपाली संस् कृति, परम्परा र कानुनी हिसाबबाट भने यसलाई वैध सम्बन्ध मानिँदैन । पश्चिमी समाजमा विवाह नगरी सँगै बसेर छोराछोरीसमेत हुर्काउने चलन नयाँ होइन । सायद तन्नेरीहरू यसैको सिको गर्न थालेका छन् । यस् तो चलनले पछिल्लो पुस् तालाई आकषिर्त गररिहेको पनि छ ।
तस् िबर हेरेकै भरमा अथवा अभिभावकले चाहैकै आधारमा विवाह गर्ने नेपाली समाजको परम्परा अव्यावहारकि मान्नेहरू खुलमखुला रूपमा देखिन थालेको उदाहरण पनि हुन् लिभिङ् टुगेदरको अभ्यास गर्नेहरू । मागीको साटो प्रेमविवाह एवं विवाहका अन्य स् वरूपको वकालत गर्नेहरू भेट्न टाढा जानु पर्दैन । कतिपय समाजशास् त्रीहरू नेपाली समाज यतिबेला परम्परा र आधुनिकताको दोसाँधमा उभिएको बताउँछन् । उनीहरूका मतमा परविर्तनका संकेतहरू देखिँदैछन्, चेतना विकास वा जीवनशैलीका नाममा । उनीहरू नेपाली समाज उत्तरआधुनिक बन्दै गएको तर्क गर्छन् । भर्खरै एउटा अभूतपूर्व राजनीतिक परविर्तनलाई आत्मसात् गरेको यो समाज सामाजिक र सांस् कृतिक आयामका हिसाबले पनि गति लिइरहेको छ । समाजले विचार र चेतनाको बहुलता स् वीकार्दै गर्दा पुराना मान्यता र प्रचलनहरू धराशयी हँुदै गएका छन् । यौन र विवाहले पनि नयाँ आयाम ग्रहण गर्दैछ । खास गरेर काठमाडौँमा हुर्कंदो 'लिभिङ् टुगेदर कल्चर'लेे यसकै पुष्टि गर्छ ।
विवाहको परम्परागत सोच कमजोर हुँदै जाँदा यौनको परभिाषा पनि स् वतः फराकिलो र उदार बन्दै गएको छ । समाजशास् त्री सुरेश ढकाल यसलाई पुँजीवादउन्मुख समाज परविर्तन भन्छन् । उनको विचारमा यो समाज फराकिलो बन्दै गएको मात्र होइन, व्यापक आयाममा खुल्न थालेको पनि हो । भन्छन्, "विवाहको सामन्तवादी मूल्य र मान्यता भत्केर नयाँ प्रवृत्ति देखिन थालेको हो ।"
सहरमा परविारबाट टाढा र स् वतन्त्र वातावरण हुने भएकाले पनि उमेर पुगेका केटाकेटीबीच लिभिङ् टुगेदर कल्चर फस् टाएको हो । यसमा मनमौजी जीवनको आकर्षण पनि जोडिएको छ । हुन पनि विवाह नगरी सँगै बस् नेमा धेरैजसो उपत्यकाबाहिरबाट आएका युवाहरू नै छन् । परविारबाट टाढा रहेका उनीहरू मन मिलेपछि सँगै बस् न थालेका हुन् । यसमा पनि आर्थिक रूपमा घर-परविारप्रतिको निर्भरता हट्दै जाँदा युवाहरू यतापट्ट िबढी आकषिर्त भएका छन् । ज्ञानकुञ्ज र सुशीलाको जोडी यसको उदाहरण हो ।
विवाह नगरी सँगै बस् ने केटाकेटीहरूमा अधिकांश घर-परविारबाट टाढा रहेका र पैत्रिक सम्पत्तिमा निर्भर नभएकाहरू भेटिन्छन् । त्यसकारण यो चलन आर्थिक स् वतन्त्रता र उत्पादन प्रणालीसँग पनि जोडिएको छ । त्यसो त परम्परागत संस् कृति कमजोर हुँदै जाँदा त्यसको ठाउँ नयाँ संस् कारले लिन्छ नै ।
आर्थिक रूपमा स् वतन्त्र भएपछि व्यक्तिले आफूखुसीको जीवनशैली खोज्न थाल्छ ।
खासगरी अस् ट्रेलिया, युरोप र अमेरकिा पढ्न जाने नेपाली विद्यार्थीहरूले लिभिङ् कल्चरलाई निकै अघिबाट अँगालिसकेका छन् । उता भएकामध्ये अधिकांश नेपाली केटाकेटी सँगै बसिरहेको कुरा उनीहरूसँगको कुराकानीमा खुल्न आउँछ । जस् तो- यतिबेला नेपाल आएका आगत बस् नेत दुई वर्षदेखि अस् टे्रलियामा एक नेपाली चेलीसँगै जीवन गुजाररिहेका छन् । उनका अनुसार त्यहाँ लिभिङ् टुगेदर रहर र बाध्यता दुवै हो । भन्छन्, "सायद नेपाली समाजले यही सुनेर पनि लिभिङ् टुगेदर कल्चर सिकेको हो ।"
यसलाई स् वच्छन्द जीवनशैली अपनाएका सेलिबि्रटीहरूले पनि विस् तार गररिहेको पाइन्छ । त्यसो त जुनसुकै प्रभावले होस्, नेपाली समाजमा यस् तो जीवनशैलीले पारविारकि सम्बन्धलाई भने सन्तुलित बनाउन सकेको छैन । ज्ञानकुञ्ज र सुशीलाको परविारले उनीहरूको सम्बन्धलाई कत्ति पनि सहज मानेको छैन । तर, निर्मल भने आफूहरूको सम्बन्धबाट परविार बेखुसी नरहेको दाबी गर्छन् । उनका अनुसार सृष्टिसँगको गहिरो प्रेम, संगत र साझा दृष्टिकोण परविारले पनि बुझेको छ । त्यसो त उनी यसलाई विवाहकै सुरुवात मान्छन् । तर, सबैको हकमा भने यो लागू हँुदैन ।
निर्मलका अनुसार आफूले जे विकास गर्यो, त्यही नै संस् कार हुन्छ । त्यसकारण फराकिलो दृष्टिकोण राख्दा लिभिङ् टुगेदर संस् कृति गलत हुन्छ भन्ने छैन । विवाह नहुँदै सँगै बसेको चाहिँ समाजले पचाएको छैन भन्ने कुरा उनलाई राम्रैसँग थाहा छ । यद्यपि, नयाँ पुस् ताले भने यसलाई सहजै स् वीकार गरेको जस् तो उनलाई लाग्छ । भन्छन्, "तर, यसलाई सहज मान्नेहरूको संख्या बढ्दैछ किनभने नयाँ पुस् ता संकुचित छैन ।" नूतन थपलियाका अनुसार चाहिँ सबै सम्बन्धलाई कानुनले मात्र जोगाएर राख्छ भन्ने छैन । तर, सम्बन्धको आधारचाहिँ प्रस् िटनु पर्छ ।
लिभिङ् टुगेदर संस् कृतिको एउटा तथ्य के हो भने यसमा कानुनी, सामाजिक, धार्मिक बन्धन हुँदैन, जसले गर्दा यस् तो सम्बन्ध जति छिटो बन्छ, उत्तिकै चाँडो भत्कन पनि सक्छ । काठमाडौँमा पनि कति मानिस यस् ता छन्, जो यस् तो सम्बन्ध बिग्रेपछि अर्को विवाह गरेर बसेका छन् । कतिपयको भने जीवन बिल्लीबाँठसमेत भएको देख्न सकिन्छ । सामाजिक संस् कार, संरचना र कानुनका कारण यस् तो सम्बन्धमा पुरुषभन्दा महिला धेरै समस् यामा परेका छन् ।
भिन्न कोठा, भान्सा र अन्य खर्चका मुहानमा ५० प्रतिशतसम्म मितव्ययी बन्न सकिने सँगै बस् दाको एउटा आकर्षण हो । मन मिल्ने मित्रको प्राप्ति अर्को कारण मान्न सकिन्छ । यौनको सवालमा गुम्सिएर बस् नु नपर्ने तेस्रो तथा मूल कारण हो । यति भएर पनि कानुनी रूपमा मुक्त हुन पाउनु अल्लारे सोच नै सही कम मजा होइन । सँगै बसिरहेका जोडी यी आकर्षणलाई आत्मसात् गर्छन् । विवाहलाई बन्धन मान्ने सवालमा उनीहरू पूर्ण सहमत छन् ।
चरत्रिको कसी के हो ? यौन । वास् तवमा यौनको सवालमा समाज अझै संकुचित र परम्परावादी छ । त्यसैले चरत्रिको पहिलो जाँच यौनको लेखाजोखाबाट गरन्िछ र गरँिदै आइएको छ । लिभिङ् टुगेदरमा रमाउनेहरू पनि यो सवालमा डराउँछन् । त्यसैको प्रमाण हो, आफूले बाँच्दै आएको जीवनलाई सुतुरमुर्ग शैलीमा छोप्न खोज्नु ।
ढिलै भए पनि सम्बन्धलाई विवाहमा परण्िात गर्नु वा छुट्टएिर बस् नु, लिभिङ् टुगेदरका पात्रहरूले यी मध्येकै एउटा बाटो हिँड्नु अनिवार्यजस् तै छ अहिलेलाई । भेटिएकाहरूको निष्कर्ष पनि यस् तै नै छ । यसका नकारात्मक पक्ष पनि धेरै छन् । तर, उनीहरू त्यस् ता विषयहरूमा प्रवेश चाहँदैनन् । किन पनि भने उनीहरू त्यो सत्यबोधबाट टाढा छैनन् ।
नेपाल साप्ताहिकमा प्रकाशित date: asar 07, 2066
Currently have 0 comments: